पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन


१० पुस २०८०, मंगलबार


काठमाडौँ । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् ।

विश्वविद्यालय स्थापनाका लागि डा. जगमान गुरुङको संयोजकत्व रहेको समितिको मङ्गलवार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।

गत चैतमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालय स्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका हुन् ।

समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशकसमेत रहेका समितिका सदस्य सचिव डा. घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषदबाट हुने नीतिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति लिने बताए ।

विश्वविद्यालयले अध्ययन–अनुसन्धानलाई प्राथमिकता दिने गरी प्रारम्भिक रूपरेखा बनिरहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस