पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु


१० पुस २०८०, मंगलबार


काठमाडौँ । पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर-५ प्रस्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको हो । 

मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा-३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । दुर्घटनामा घाइते दुवै जनाको अस्पतालमा मृत्यु भएको हो । 

कार चालक फरार रहेकाले खोजी कार्य जारी छ । कार भने प्रहरीको नियन्त्रणमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस