एकीकृत घुम्ती शिविरबाट ४ सयबढी लाभान्वित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एकीकृत घुम्ती शिविरबाट ४ सयबढी लाभान्वित


१० पुस २०८०, मंगलबार


खोटाङ । दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् ।

नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न सिफारिस, ४२ जनाको मिर्गौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरलाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा दुई सय ३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको हो ।

अब नागरिकलाई स्थानीय सरकारको महसुस गराउने गरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।

खार्मीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरको अवधि थोरै भएकाले सबैले सेवा लिन नपाएकाले सबै वडामा शिविर सञ्चालन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस