१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहले भने-प्रदेशको समृद्धिका लागि संघसँग जुध्‍न पनि तयार छौँ

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्नसमेत तयार हुने बताएका छन्। उनले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरू अल्झिन नचाहेको बताए।

सोमबार काठमाडौँमा आयोजित सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्र्याउन पनि निजी क्षेत्रलाई आह्वानसमेत गरेका छन्।

त्यसका लागि प्रदेश सरकारले आवश्यक वातावरण बनाउने उनको भनाइ थियो। मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने पनि दोहोर्‍याएका छन्।

उनले यस क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको पनि स्पष्ट पारे। मुख्यमन्त्री शाहले देशभित्रै लगानीको वातावरण बनाउन सके मात्रै बाह्य मुलुकबाट पनि लगानी भित्र्याउन सकिने भएकाले सुदूरपश्चिम प्रदेशको विकासमा पनि निजी क्षेत्रले जुट्नुपर्ने बताए।

उनले भने, ‘सुदूरपश्चिममा सम्भावना धेरै छन्। आज बैंकिङ सेक्टरका कुराहरू आए। अरु कुराहरू पनि आए। बढी नकारात्मक कुराहरू हुन थाले भन्ने कुराहरू पनि आए। हामी त्यसलाई चिरेर अगाडि बढ्न चाहन्छौँ। त्यो मान्यतामा हामी संघीय सरकारसँग पनि जुध्न तयार छौँ। त्यसकारणले मेरो निवेदन छ-तर यो सबैका लागि तपाईँहरूको सहयोग चाहिन्छ।’

प्रतिक्रिया दिनुहोस