राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै


९ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । ११ पुस बुधबार निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत १४ दिनको लागि ३५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ८ पुसमा १० अर्बको निक्षेप सङ्कलन उपकरण परिपक्व भएको थियो ।

त्यसबाहेक पनि राष्ट्र बैंकले ३ वटा निक्षेप सङ्कलन उपकरण मार्फत ६० अर्ब तरलता खिचेको छ । बुधबार थप ३५ अर्बको निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्न लागेको हो ।

६ पुसमा २५ अर्बको निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्दा ४५ अर्बको प्रस्ताव आएको थियो । उक्त निक्षेप सङ्कलन उपकरणको ब्याजदर अधिकतम २.९४ प्रतिशत र न्यूनतम २.२५ प्रतिशत प्रस्ताव गर्दा औसत २.७६३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि निरन्तर निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्दै आएको छ । चालु आर्थिक वर्षमा निक्षेप सङ्कलन उपकरण मार्फत १ खर्ब ९७ अर्ब २५ करोड तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस