काठमाडौँ । नवलपरासी पूर्व(नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा सासु-बुहारीको शव फेला परेको छ ।
स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको नवलपुर प्रहरीले जनाएको छ।
उनीहरु आइतबार दिउँसो घाँस काट्न भनेर जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा उनीहरुको बाघको आक्रमणबाट ज्यान गएको अनुमान प्रहरीले गरेको छ ।
घटनामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।