सिटिजन्स बैंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सिटिजन्स बैंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित


८ पुस २०८०, आइतबार


काठमाडौँ । सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् ।

नेपाल बैंकर्स संघको ३७ औँ वार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका हुन् ।

गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्तर्राष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको विभिन्न ओहोदामा आबद्ध भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कूटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी अनवरत रूपमा योगदान पुर्‍याउँदै आएका छन् ।

गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्ष विस २०६७ देखि २०६८ सालसम्म भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस