आज विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली


८ पुस २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना आयोजना गदै छन्। आइतवार दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्य पहाडी लोक मार्गमा (बैतडीको झुलाघाट देखि पाँचथरको झुलाभञ्ज्याङसम्म) पदयात्रा गरेको थियो । 

यात्राका क्रममा सङ्कलन गरिएका मध्य पहाडका समस्या, एमालेले बटुलेको अनुभव,  समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओली सहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस