आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रको महत्त्वपूर्ण भूमिका : अर्थमन्त्री महत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रको महत्त्वपूर्ण भूमिका : अर्थमन्त्री महत


७ पुस २०८०, शनिबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सूचना प्रविधि क्षेत्रको विकासका निम्ति सरकारले सकेसम्म योगदान गर्ने उनले उल्लेख गरे । कक्षा-१२ पछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवालाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारले आइटी नीति बजेटमार्फत व्यावहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिँदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरिएको उनले बताए ।

राज्यले दिएको सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने पनि मन्त्री डा। महतले बताए । आउँदा दिनमा आइटी नीति अझ सहज हुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस