संवैधानिक इजलासको काम छैन, परिषद्लाई बेकामे बनाइयो : पूर्वप्रधान न्यायाधीश कार्की  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संवैधानिक इजलासको काम छैन, परिषद्लाई बेकामे बनाइयो : पूर्वप्रधान न्यायाधीश कार्की 


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । पूर्व प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलास आवश्यक नभएको टिप्पणी गरेका छन् ।

न्यायपालिका विशेष विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म बारमा हुँदा भनेको थिएँ राखे संवैधानिक अदालत राखौँ इजलास नराखौँ भनेर । म अहिले पनि त्यो मान्यतामा अडिग छु । म अहिले पनि त्यही भन्छु । अहिले त हामीले त्यो इजलासलाई त्यस्तै बनाइदियौँ । हामीले जुन उद्देश्यबाट संवैधानिक परिषद्को परिकल्पना गरेको त्यो अनुसार काम गरेको छ ? भन्ने प्रश्न उठेको छ ।

संवैधानिक परिषद् आवश्यक छ कि छैन भन्ने प्रश्न उठेको बताए ।

उनले भने, ‘त्यहाँ को-को बस्नुपर्ने हो ? कसरी बस्नुपर्ने हो, त्यो संवैधानिक परिषद्को परिकल्पना ठूलो उद्देश्यले राखेको थियौँ । देशको प्रधानन्यायाधीश समेत नियुक्ति गर्ने अधिकार दिएका थियौँ । न्यायपालिकाका प्रमुख, कार्यपालिकाका प्रमुख, व्यवस्थापिकाको प्रमुख, विपक्षी दलका प्रमुखलाई समेत राखेर बनाउनुको उद्देश्य जुन निष्पक्षतापूर्वक कार्यसम्पादन गर्नुपर्ने हो भनेर राखिएको हो । तर, त्यो भयो त ? तीन वर्षसम्म बैठक नै राख्न सकेन ? संवैधानिक परिषद् रिक्त भए । यो परिस्थिति होला भन्ने भए त्यो परिकल्पना गरिन्थ्यो र ? यस्तो परिकल्पना गरिँदैन ।’

संसदीय सुनुवाइ समिति र न्यायपरिषद्को संरचनामा समेत प्रश्न उठेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस