काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डिआई) राख्न नपाउने भएका छ।
शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न महानगरको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत भनेका छन्।
‘विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको छ, ’सूचनामा भनिएको छ, ’शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।’
