अर्थतन्त्रमा अब निर्णायक सुधार आउने अर्थमन्त्री महतको दाबी  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अर्थतन्त्रमा अब निर्णायक सुधार आउने अर्थमन्त्री महतको दाबी 


५ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अब निर्णायक सुधार आउने बताएका छन् । बिहीबार पार्टीको मधेश प्रदेश सम्मेलनमा मन्त्री महतले सरकारले अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न प्रयासहरू गरिरहेको बताएका हुन् ।

‘अहिले अर्थतन्त्रले लय पक्रिँदैछ, सेयर बजारमाथि उठेको छ, घरजग्गा कारोबार वृद्धि हुँदैछ, विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भइरहेको छ । अहिले पर्यटकको आगमन सबैभन्दा धेरै भएको छ, ‘उनले भने, ‘ऋण प्रवाह हुन थालेको छ, अब नेपालको विकासले लय पक्रिन्छ ।’

मन्त्री महतले एमाले अध्यक्ष ओलीको पालादेखि नै नेपालको अर्थतन्त्रमा ठूलो चाङ लागेको र त्यो समस्याको चाङ एक झड्कामा पूर्ति नहुने दाबीसमेत गरे । उनले काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले इमान्दारिताका साथ काम गरिरहेको बताए ।

उनले काँग्रेस सरकारमा हुँदा मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था गर्ने आश्वासन दिए । उनले मधेश काँग्रेसको जनाधार क्षेत्र भएको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस