इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले दियो जनही १० लाख « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले दियो जनही १० लाख


५ पुस २०८०, बिहिबार


काठमाडौँ । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ राहत दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरूप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्याशित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस