एनएसएल : आज काठमाडौँ र वीरगञ्ज भिड्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एनएसएल : आज काठमाडौँ र वीरगञ्ज भिड्दै


५ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)२०२३ अन्तर्गत आज साविक विजेता काठमाडौँ रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

साविक विजेता काठमाडौँका लागि शीर्ष चारमा पुग्न यो खेल महत्त्वपूर्ण छ । काठमाडौं ६ खेलबाट ९ अङ्कसहित पाँचौँ स्थानमा छ । आज वीरगञ्जलाई हराएमा काठमाडौँले दोस्रो स्थानको धनगढी एफसीसँग अङ्क बराबरी गर्नेछन् ।

पोखरा थण्डर्स ७ खेलबाट १४ अङ्क जोड्दै शीर्ष स्थानमा छ र प्लेअफमा स्थान पक्का गरिसकेको छ । यस्तै ललितपुर सिटी एफसी र झापा एफसीको समान १० अङ्क छ । गोल अन्तरमा ललितपुर अघि छ ।

प्लेअफका बाँकी तीन स्थानका लागि मुख्य गरी धनगढी, ललितपुर, झापा र काठमाडौं ४ टिम होडमा छन् । त्यसैले अब हुने हरेक खेल महत्त्वपूर्ण हुनेछ ।

तर वीरगञ्जको पनि शीर्ष चारमा रहने अंकगणितीय सम्भावना बाँकी नै छ । वीरगञ्ज हाल ६ खेलबाट ५ अङ्कसहित अन्तिम स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस