२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ। सिरहाको डिभिजन वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

धनगढीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोसहित १८ जनाविरुद्ध नदी दोहनको आरोपमा जिल्ला अदालत सिरहामा मुद्दा दायर गरिएको हो ।

कानुन विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिटी, बालुवा उत्खनन गरे/गराएको अभियोग उनीहरूमाथि छ । 

धनगढीमाई नगरपालिका-१२ र १३ स्थित सर्रे खोला सामुदायिक वन क्षेत्र भित्रबाट विना इजाजत ढुङ्गा, गिटी, बालुवा उत्खनन गरिरहेको अवस्थामा गत १५ मंसिरमा जेसीबी र ७ वटा ट्याक्टरसहित केही व्यक्तिलाई वन कार्यालय र प्रहरी टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका मञ्जित कुमार यादव, फुलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादव, अरविन्द किशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषोत्तम यादवविरुद्ध डिभिजन वन कार्यालयले मुद्दा दायर गरेको डिभिजनल वन अधिकृत सुजित कुमार झाले प्रशासनलाई बताए ।

त्यस्तै जेसीबी धनी बद्री यादव, ट्रयाक्टर धनीहरू अजित पासवान, रधुनाथ कुमार महतो, विमल अधिकारी, सरोज कुमार यादव, राकेश यादव, हरि नेपाली र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महतो, प्रशासन शाखाका सहायक रञ्जित कुमार सिंह र वरुण कन्सट्रक्न, धनगढीमाई नगरपालिकाकाका प्रोप्राइटर निलम कुमारी यादवविरुद्ध पनि मुद्दा दायर गरिएको अधिकृत झाले बताए ।

उनीहरुविरुद्ध अवैध उत्खनन गरेको आरोपमा १ लाख ५७ हजार ८१५ रुपैयाँ बराबरको हानि नोक्सानी बिगो दाबी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस