काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो ।
पुन प्रेस सेन्टर नेपालको सल्लाहकार पनि हुन् । उनी नेपाल पत्रकार महासङ्घका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भइसकेकी छन् ।