कर्णालीका भूकम्पपीडितलाई दक्षिण कोरियाले गर्‍यो झण्डै ४ करोड सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीका भूकम्पपीडितलाई दक्षिण कोरियाले गर्‍यो झण्डै ४ करोड सहयोग


४ पुस २०८०, बुधबार


काठमाडौँ । नेपालको कर्णाली प्रदेशका भूकम्प पीडितहरूलाई दक्षिण कोरियालीले तीन लाख अमेरिकी डलर (झण्डै ४ करोड रुपैयाँ) सहयोग गरेको छ । उक्त रकम संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) मार्फत आवश्यक मानवीय सामग्री हस्तान्तरण गरिने काठमाडौँस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयले जनाएको छ ।

उक्त रकम कोरियाका राजदूत तेयोङ पार्कले गत कात्तिक २७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा १ सय ५७ जनाको ज्यान गएको थियो । साथै, कर्णाली प्रदेशका तीन लाख जना प्रभावित भएका थिए ।

कोरियाका राजदूत तेयोङ पार्कले यूएनएफपीएसँगको सहकार्यमा जाजरकोटमा भूकम्पबाट प्रभावित अति जोखिममा परेका समुदायहरूलाई सहयोग गर्न दक्षिण कोरियाली सरकार प्रतिबद्ध रहेको बताए । ‘यो प्रतिबद्धता नेपालसँग कोरियाको लामो समयदेखिको साझेदारीसँग मिल्दोजुल्दो छ, हामीले सन् २०२४ मा कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठ मनाउने छौँ,’ उनले भने, ‘कोरियाले सन् २०१५ को नेपालको भूकम्प र कोभिड-१९ को महामारीलगायत चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गर्दै आएको छ । अहिलेको यो सहयोगले भर्खरै गएको भूकम्पबाट प्रभावित समुदायको पुनः लाभमा सहयोग पुग्ने विश्वासका साथ कोरियाली जनता र सरकार नेपालको साथमा रहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस