२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाटो बनाउन पनि छिमेकी देशबाट बारुद आएन भनेर कहिलेसम्म रोक्ने ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गरेका छन् ।

बुधबार सिंहदरवारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाली सेनाले विष्फोटक पदार्थ पनि छिमेकी देशको भर पर्नुपर्ने नेपाली सेनाको अवस्था हो भन्दै प्रश्न गरेका हुन् ।

उनले ढुङ्गा फोड्न पड्काउन, अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तोड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ? भन्दै प्रश्न गरे ।

‘मित्र राष्ट्र भारतबाट विस्फोटक पदार्थको आयात आपूर्ति हुन नसकेको, मित्र राष्ट्र चीनबाट विस्फोटक पदार्थको आयात हाल आपूर्ति सुचारु रहेको र यसले एउटा सेन्सेटिभ बनाएको छ । हाम्रो त यही सेना हो, यो सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद पनि अहिलेसम्म आफूले उत्पादन गर्न सक्दैन ? अहिलेसम्म हाम्रो भौतिक योजना ढुङ्गा फोड्न पड्काउन, अरूको मुख हेरेर ताक्नुपर्ने हो ?’, उनले भने, ‘त्यो अवस्था हो भने भोलि हामी साँच्चै शान्तिप्रिय देश छौँ जानु नपर्ला । कुनैबेला वारमा जानुपरे कति दिन थेग्छौँ हामीले हाम्रो गोली गट्ठाले । देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा ? जाबो बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तोड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ?’

प्रतिक्रिया दिनुहोस