मुख्यमन्त्रीलाई सहमति पालना गर्न नेकपा एमालेको अनुरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्रीलाई सहमति पालना गर्न नेकपा एमालेको अनुरोध


४ पुस २०८०, बुधबार


मकवानपुर । नेकपा एमाले बाग्मती प्रदेश संसदीय दलले सरकारलाई तत्काल सहमति पालन गरी सदन सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरेको छ ।

बुधबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै एमालेले सरकारले विभिन्न बहानामा संसद्लाई छल्ने काम गरिरहेको बताउँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार माथि विभिन्न ९ वटा आरोप लगाएको छ । एमालेले पत्रकार सम्मेलनमार्फत नै तत्काल सदन बोलाउन समेत माग गरेको छ ।

एमाले संसदीय दलको मङ्गलवार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै चालु आर्थिक वर्षको बजेट पास गर्दा प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलसँग गरिएको सम्झौता पूर्णरुपमा पालना गर्न एकाले संसदीय दलका नेता जग्गानाथ थपलियाले माग गरेका छन् ।

लामो समयदेखि संसद् बन्द हुँदा प्रतिनिधिहरूले जनताका आवाज सरकार समक्ष पुर्‍याउन नपाएको उनले बताए ।

सरकारले आफ्नो कमजोरी सच्याएर प्रतिपक्षले दिएको योजनामा सम्झौताअनुसार अर्थ विविध शीर्षकको बजेट विनियोजन गर्न एमालेले माग गरेको उनले बताए ।

नेता थपलियाले प्रदेशसभा गठनको एक वर्षसम्ममा संसदीय समितिको सभापति चयन नभएकोभन्दै दलीय सहमतिका आधारमा संसदीय समितिको सभापति चयन प्रक्रिया थाल्न सरकार समक्ष माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस