युएईबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशु मृत फेला « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

युएईबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशु मृत फेला


४ पुस २०८०, बुधबार


काठमाडौँ । युएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ।

बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो।

एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलका अनुसार शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो। ती महिला यात्रु र मृत शिशुलाई अस्पताल लगिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस