२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक बढ्यो

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले उकालो लागेर दुई हजार एक सय ४१ दशमलव ८७ मा पुगेको छ ।

ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९३ अङ्कले उकालो लागेर चार सय दुई दशमलव ६३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्य भने वृद्धि भएको छ ।

कूल एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता शेयर रू. सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू. ३७ करोड ३४ लाख ९७ हजार दुई सय ६८ मूल्य बराबरको शेयर कारोबार भएको छ ।

सोल्टी होटेल रू. चौबिस करोड ५३ लाख ७७ हजार छ सय ४०, सोनापुर मिनरल्स रू. २० करोड १५ लाख २४ हजार तीन सय ९१, हिमाल दोलखा हाइड्रोपावर रू. अठार करोड १३ लाख २३ हजार सात सय छ र नेपाल पूर्वाधार बैंक रू. सत्र करोड ५४ लाख ८३ हजार पाँच सय ९० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कुमारी धन वृद्धि योजना तीन दशमलव ८२, नेरुडे लघुवित्त तीन दशमलव ६५, माथिल्लो मैलुङ तीन दशमलव ६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक तीन दशमलव ४५ र तारागाउँ रिजेन्सी होटेलका लगानीकर्ताले तीन दशमलव ३९ प्रतिशतले गुमाएका छन् ।