काठमाडौँ आइपुगे श्रीलङ्काका विदेशमन्त्री साब्री « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ आइपुगे श्रीलङ्काका विदेशमन्त्री साब्री


४ पुस २०८०, बुधबार


अलि साब्री

काठमाडौँ । श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अलि साब्री चार दिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । नेपाल-श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौँ आएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ ।

२१ र २२ डिसेम्बर (आगामी बिहीबार र शुक्रबार) हुने बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने श्रीलङ्काको प्रतिनिधि मण्डलको नेतृत्व साब्रीले गर्नेछन् । बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुने छ ।

श्रीलङ्काका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट पनि गर्ने छन् । उनी २३ डिसेम्बर अर्थात् शनिबार स्वदेश फर्किने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस