हाम्रो आदर्श र सिद्धान्तलाई सबै पार्टीले मानेका छन्, हाम्रो जित भएको छ : देउवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हाम्रो आदर्श र सिद्धान्तलाई सबै पार्टीले मानेका छन्, हाम्रो जित भएको छ : देउवा


३ पुस २०८०, मंगलबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार एक पार्टीको बहुमत पुर्‍याउन गाह्रो भएको बताएका छन् । 

पोखरामा जारी काँग्रेस गण्डकी प्रदेशको सम्मेलनमा सभापति देउवाले कुनै पनि पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता भएको बताएका हुन् ।

‘संविधान अनुसार एक पार्टीको बहुमत पुर्‍याउन गाह्रो छ । त्यसैले कुनै पनि पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता पनि हो’, उनले भने

अरु पार्टीले काँग्रेसको आदर्श, सिद्धान्त सबै पार्टीहरूले मानेर आएकाले पार्टीको जित भएको मान्नुपर्ने सभापति देउवाले सुनाए । 

उनले भने, ‘अहिले हाम्रो पार्टीको आदर्श र सिद्धान्त भनेको महत्त्वपूर्ण कुरा हो । हाम्रो आदर्श, सिद्धान्त सबै पार्टीहरूले मानेर आएका छन् । त्यसकारण हाम्रो पार्टीको जित भएको मान्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस