विधान अधिवेशन माघमा गर्ने माओवादीको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विधान अधिवेशन माघमा गर्ने माओवादीको तयारी


३ पुस २०८०, मंगलबार


prachanda

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पुनः भोलि बस्ने गरी सकिएको छ।

बैठकमा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचन, सरकारको कामको मूल्याङ्कन र पार्टीको अभियानको समीक्षाबारे पदाधिकारीले बोलेका थिए। आज ती विषयमा छलफल मात्र भएको र भोलि फेरि बैठक बसेर निर्णय गर्ने एक पदाधिकारीले जानकारी दिए।

यस्तै, केन्द्रीय कमिटी बैठक र विधान अधिवेशन माघमा गर्नेबारे छलफल समेत भएको ती पदाधिकारीले बताए।

पदाधिकारी बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। 

Tags :
प्रतिक्रिया दिनुहोस