निजामती ऐन संसद्‍मा दर्ता हुने अन्तिम चरणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निजामती ऐन संसद्‍मा दर्ता हुने अन्तिम चरणमा


३ पुस २०८०, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसद्‍मा दर्ता हुने अन्तिम चरणमा रहेको बताएकी छन्।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ऐन मन्त्रिपरिषद्‍बाट पास भएर संसद्‍मा दर्ता हुने चरणमा रहेको स्पष्ट पारेकी हुन् ।

उनले निजामती ऐन कुनै राजनीतिकर्मीले ड्राफ्ट गरेको नभई विभिन्न तहका विद्वत् वर्गले तयार पारेको बताइन् । उनले संसद्‍मा दर्ता भएसँगै सरोकारवाला निकायसँग समन्वय र छलफल गरेर आफूहरू अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

Tags :
प्रतिक्रिया दिनुहोस