उच्च अदालतद्वारा शिक्षकको सरुवा रोक्ने निवेदन खारेज « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

उच्च अदालतद्वारा शिक्षकको सरुवा रोक्ने निवेदन खारेज


३ पुस २०८०, मंगलबार


काठमाडौँ । सरुवामा परेका शिक्षकहरूले रौतामाई गाउँपालिकाबिरुद्ध दिएको रिट निवेदन उच्च अदालतले खारेज गरिदिएको छ। गाउँपालिकाको २०८० असार २५ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार सरुवामा परेका शिक्षकहरूले दिएको निवेदन अदालतले खारेज गरेको हो।

गाउँपालिकाको शिक्षा समितिको परामर्श अनुसार कार्यपालिका बैठकले निर्णय गर्दै विभिन्न विद्यालयका २७ शिक्षक शिक्षिकाको सरुवा भएको थियो।

सरुवामा केही शिक्षकहरू आधारभूतबाट माध्यमिक विद्यालय र कतिलाई माध्यमिकबाट आधारभूतमा र प्रअबाट साधारण शिक्षक कायम हुन पुगेपछि असन्तुष्टि जनाउँदै अदालत गएका हुन्।

सरुवा गर्दा आफूहरूको सहमति नलिएको, पायक ठाउँबाट अपायकमा लगेको तथा प्रधानाध्यापकबाट साधारण शिक्षक कायम गरेको भन्दै उनीहरूले न्यायका लागि उच्च अदालत गुहारेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस