राप्रपा आन्दोलनमा कमाण्डरको जिम्मेवारी लिङ्देनलाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपा आन्दोलनमा कमाण्डरको जिम्मेवारी लिङ्देनलाई


३ पुस २०८०, मंगलबार


काठमाडौँ । राप्रपाले आगामी फागुनदेखि गर्ने भनिएको आन्दोलनको कमाण्डर अध्यक्षलाई तोक्ने भएको छ ।

राप्रपाको केन्द्रीय समिति बैठक तीन दिनदेखि जारी छ । बैठकले निर्णय गर्नुअघि पदाधिकारीहरुबीच छलफल भएको थियो ।

एक पदाधिकारीका अनुसार आगामी फागुनदेखि काठमाडौं केन्द्रीय आन्दोलन गर्ने र त्यसको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गर्नु उपयुक्त हुनेमा नेताहरुले जोड दिएका छन् ।

यसअघि कार्यसम्पादन समितिले महामन्त्री धवलशम्शेर राणालाई आन्दोलनको संयोजक तोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस