३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एनसेल खरिद-बिक्री कानुन विपरीत पाइए हदैसम्म कारबाही हुन्छ’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको सेयर खरिदबिक्रीका क्रममा विदेशमा भएका गतिविधिमा अनुसन्धानबाट कानुन विपरीत पाइए हदैसम्म कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलवारको बैठकमा प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीका क्रममा कानुनविपरीत गतिविधि भएको पाइएकाले छानबिन समिति गठन गरिएको बताए । छानबिन समितिबाट देखिएका निष्कर्षका आधारमा सरकारले हदैसम्मको कारबाही गर्ने पनि स्पष्ट पारे ।

‘प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम चालिन्छ । एनसेल खरिदबिक्रीमा कहीँ न कहीँ केही न केही भएको शङ्का लागेकोले छानबिन गरिएको हो । दोषी भए हदैसम्म कारबाही हुन्छ, ’उनले भने ।

प्रधानमन्त्री दाहालले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्याङ्कन भएको र करछलिको कुरा समाचारमा आएपछि चासो लागेर छानबिनमा लागेको बताए । उनले छानबिन समिति कुनै पनि निकायलाई ओभरल्याप गर्नका लागि गठन नगरिएको स्पष्ट पारे । उनले दूरसञ्चार प्राधिकरणका अधिकारीहरूसँगकै सल्लाहमा छानबिन समिति गठन गरिएको र १ महिनाको कार्यादेश दिइएको पनि बताए । समिति गठन कर मात्रै नभई विदेशी लगानी ल्याउने र राजश्वमा पर्ने विषयमा पनि सुझाव आउने बताए ।

प्रतिक्रिया दिनुहोस