आज सुनको मूल्य बढ्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आज सुनको मूल्य बढ्यो


३ पुस २०८०, मंगलबार


काठमाडौँ । सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज मूल्य बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अस्ति आइतबार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा हिजो अस्तिकै मूल्य यथावत् रहेको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस