एनएसएल :  आज दुई खेल हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एनएसएल :  आज दुई खेल हुँदै


३ पुस २०८०, मंगलबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । 

खेल दिउसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।

आजै हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल साँझ ५ बजे हुनेछ ।

 यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौँ रेञ्जर्सबिचको खेल बराबरीमा सकिएको थियो । धनगढी र काठमाडौँबीचको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस