चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न नपाएको देउवाको गुनासो  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न नपाएको देउवाको गुनासो 


२ पुस २०८०, सोमबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न सहयोग नपाएको गुनासो गरेका छन् ।

चुनावमा काँग्रेसमा खुट्टा तान्ने प्रवृत्ति रहेको उनले सुनाए । पार्टीमा घात अन्तर्घात हुने गरेको र त्यस्तालाई कारबाही गर्न नपाएको बताएका हुन् । 

उनले भने, ‘पार्टीमा घात अन्तर्घात पनि छ । खुट्टा तानातान पहिलेदेखि भएकै हो,’काँग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा देउवाले भने, ‘पार्टीलाई सुधार्नु छ । अन्तर्घातीलाई कारबाही गरौँ भन्दा कारबाही गर्न पाइँदैन भन्छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस