प्रस्तावित न्यायाधीश पोखरेलमाथि संसदीय सुनुवाइ सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रस्तावित न्यायाधीश पोखरेलमाथि संसदीय सुनुवाइ सुरु


२ पुस २०८०, सोमबार


काठमाडौँ । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ ।

सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा आज (सोमबार) केही बेर अघि देखी सुनुवाइ सुरु भएको हो ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेलले आफ्नो कार्य योजना बैठकमा २० मिनेट लगाएर प्रस्तुत गरेका छन् । प्रस्तुत कार्य योजनामाथि सांसदले जिज्ञासा तथा प्रश्न गर्न सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनको नियुक्ति हुनेछ । पोखरेलको सुनुवाइ सकिए लगत्तै अर्का सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालमाथि सुनुवाइ सुरु हुनेछ ।

यसअघि, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस