चिकित्सकको लाइसेन्स परीक्षाका लागि आवेदन खुला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिकित्सकको लाइसेन्स परीक्षाका लागि आवेदन खुला


२ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवेदन खुला गरिएको छ ।

आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति आजदेखि अनलाइन फाराम भर्न सकिने काउन्सिलले जनाएको छ ।

माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने छ ।

परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस