भारतको प्रतिबन्धपछि चीनबाट हुन थाल्यो प्याजको आयात « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भारतको प्रतिबन्धपछि चीनबाट हुन थाल्यो प्याजको आयात


१ पुस २०८०, आइतबार


काठमाडौँ । भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि व्यापारीहरूले चीनबाट प्याज आयात सुरु गरेका छन् । नेपालमा प्याज आयातको मुख्य बजार भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो ।

भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात-निर्यात तथा थोक बिक्रेता सङ्घले जनाएको छ ।

सङ्घले चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस