बिग्रियो अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बिग्रियो अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था


१ पुस २०८०, आइतबार


काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो तीन दिने सत्याग्रह भोलि मात्रै तोड्ने भएका छन् ।

गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घण्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताइएको छ । 

बढ्दो उमेर र हालैमात्र शल्यक्रिया गरेका कारण डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ ।

डा. केसीले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस