बङ्गलादेशले जित्यो युवा एसिया कपको उपाधि  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बङ्गलादेशले जित्यो युवा एसिया कपको उपाधि 


१ पुस २०८०, आइतबार


काठमाडौँ । घरेलु टिम युनाइटेड अरब इमिरेट्स (युएई)लाई १९५ रनले हराउँदै बङ्गलादेशले एसीसी यु-१९ एसिया कपको उपाधि जितेको छ ।

आइतबार दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा बङ्गलादेशले प्रस्तुत गरेको २८३ रनको लक्ष्य पछ्याउने क्रममा युएई २४.५ ओभरमा ८७ रनमै समेटियो ।

युएईका ध्रुव परासरले २५ रन बनाए । अक्षत राईले ११ रन बनाउनुबाहेक युएईका अरू ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

युएईलाई सस्तैमा समेट्न बङ्गलादेशका मरुफ मृधा र रोहानत बार्सनले समान तीन विकेट लिए । इक्बाल हुसैन इमोन र सेख पाइभेज जिवोनले दुई-दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बङ्गलादेशी टिमले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८२ रन बनाएको थियो ।

बङ्गलादेशका ओपनर असिकर रहमन सिब्लीले १२९ रनको शतकीय इनिङ्स खेले । उनले १४९ बलमा १२ चौका र एक छक्का प्रहार गरे । चोधुर मोहम्मद रिजवानले ६० र अरिफुल इस्लामले ५० रन थपे । कप्तान महफुजुर रहमान रबीले २१ रन जोडे ।

युएईका आयन अहमेदले चार विकेट लिए । ओमिद रेहमानले दुई र हार्दिक पाइ र ध्रुव परासरले एकरएक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित कुल आठ टिमको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस