इङ्ग्लिस प्रिमियर लिगमा आज चार वटा खेल हुँदै  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

इङ्ग्लिस प्रिमियर लिगमा आज चार वटा खेल हुँदै 


१ पुस २०८०, आइतबार


काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वेस्टह्याम र उल्भ्स, ब्रेन्टफोर्ड र एस्टनभिल्ला तथा आर्सनल र ब्राइटनबीच खेल हुनेछ ।

त्यस्तै, राति सवा १० बजे शीर्षस्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । अङ्क तालिकामा १६ खेलमा ३७ अङ्ककासाथ लिभरपुल शीर्ष, ३६ अङ्कका साथ आर्सनल दोस्रो, ३५ अङ्क रहेको एस्टनभिल्ला तेस्रो र १७ खेलमा ३४ अङ्क रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

गएरातिको खेलमा साविक विजेता सिटीले क्रिस्टल प्यालेससँग दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । सिटीले क्रिस्टल प्यालेससँग २ गोलको अग्रता जोगाउन सकेन । अरु खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई, चेल्सीले सेफिल्ड युनाइटेडलाई र एभर्टनले बर्नलीलाई २–० गोलले हरायो ।

त्यस्तै, न्युक्यासलले फुलह्यामलाई ३-० गोलले हरायो । बर्नमाउथ र लुटन टाउनबीचको खेलमा लुटन टाउनका कप्तानलाई खेलकैक्रममा हृदयघात भएपछि खेल एक/एकको बराबरीकै अवस्थामा रोकिएको छ । क्लबले कप्तानको अवस्था सुधारउन्मुख रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस