२५ किलो चरेससहित दुई जना पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

२५ किलो चरेससहित दुई जना पक्राउ


१ पुस २०८०, आइतबार


काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बलम्बुबाट २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले बताए । २५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ गरिएको थपलियाले बताए । 

यसैगरि, शनिवारमात्र अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले बताए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस