२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलपीएलको उपाधि सत्यवती एकेडमीलाई

अ+ अ-

कैलाली । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ । आज सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्टस् क्लबलाई पाँच रनले पराजित गर्‍यो । सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्टस्ले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो ।

धनगढी स्पोर्टस्को ब्याटिङमा वसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमरसिंह रौटेलाले २७ रन योगदान दिएता पनि जितका लागि पर्याप्त हुन सकेन । लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्टस्ले ३६ रनमा सुरुआत पाँच विकेट गुमायो । छैटौँ विकेटका लागि वसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे ।

भुवनको विकेटपछि सातौँ विकेटका लागि वसन्तले अमरसिंह रौटेलासँग ४३ रन जोडे । अठारौँ ओभरमा अभिषेक कोइरालाले अमरसिंह रौटेलाको विकेट लिँदै सत्यवतीलाई खेलमा फर्काए । लगत्तै ओभरमा तृतराज दासले वसन्त कार्की र दीपक चन्दको विकेट लिए ।

जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा धनगढी स्पोर्टस् क्लबसँग एक विकेट बाँकी रहेको थियो । अन्तिम ओभर बलिङ गरेका सन्दीप खत्रीले पहिलो बलमा वाइड र दोस्रो बलमा दुई रन दिएपछि तेस्रो बलमा विकास आग्रीको रूपमा धनगढी स्पोर्टस्ले अन्तिम विकेट गुमायो ।

सत्यवतीको बलिङमा प्लेयर अफ द म्याचसमेत घोषित अभिषेकले सर्वाधिक चार विकेट लिए, जुन क्रममा चार ओभरमा १५ रन खर्चिए । तृतराज दासले दुई तथा फिर्दोस अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा छ विकेट क्षतिमा एक सय २६ रन बनायो । सत्यवतीको ब्याटिङमा पाँचौँ नम्बरमा ब्याटिङ गरेका सन्दीप रजालीले सर्वाधिक ४१ रन बनाए ।

जुन क्रममा उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । तृतराज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा चार चौका र एक छक्का प्रहार गरे । फिर्दोस अन्सारीले २२, सन्तोष कार्की र समिर कार्कीले समान १० रन बनाए ।

पावरप्लेमा तीन विकेट गुमाएको अवस्थाबाट चौथो विकेटका लागि सन्दीप रजाली र फिर्दोस अन्सारीले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे । आठौँ विकेटका लागि तृतराज र समिर कार्कीले अविजित ३६ रनको साझेदारी गरे । धनगढी स्पोर्ट्स क्लबको बलिङमा दीपक चन्द, भोजराज भट्ट र भुवन कार्कीले दुई–दुई विकेट लिए ।

विजेता सत्यवती एकेडेमीले विजेता ट्रफीसहित रु दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्टस् क्लबले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर धनगढी स्पोर्टस् क्लबका कप्तानसमेत रहेका भुवन कार्की घोषित भए । कार्कीले पाँच खेलमा १२ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान शुक्लाफाँटा ब्ल्याक बक्सका किरण ठगुन्ना घोषित भए जसले तीन खेलमा एक सय ३४ रन बनाए । प्रतियोगिताका उदयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल घोषित भए । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस