मुलुकको व्यवस्थासँगै जनताको अवस्था बदल्न एकताबद्ध हुनुपर्छ : रेखा शर्मा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मुलुकको व्यवस्थासँगै जनताको अवस्था बदल्न एकताबद्ध हुनुपर्छ : रेखा शर्मा


३० मंसिर २०८०, शनिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको व्यवस्थासँगै जनताको अवस्था बदल्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएकी छन् ।

मध्य पश्चिमाञ्चल साहित्य परिषद्ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले मुलुकको अवस्था परिवर्तन भएपछि सन्तोषजनक रुपमा जनताको अवस्थामा परिवर्तन हुन नसकेको भन्दै जनताको अवस्था बदल्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएकी हुन् ।

व्यवस्था परिवर्तनका लागि एकता भएजस्तै व्यवस्थाको सुदृढीकरणका साथै देखिएका समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताइन् ।

उनले अहिले राजनीतिक, साहित्यिक लगायतका क्षेत्रमा निष्ठाको खडेरी देखिएकाले निष्ठाको खडेरी चिर्ने चुनौती रहेको जिकिर गरिन् । मन्त्री शर्माले चेतनाको अन्तरविरोधलाई तोड्दै संविधानले दिएको अधिकारहरुको पूर्ण प्रयोगको अवस्थामा जनतालाई पुराउनुपर्ने बताइन् । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो भने खसानी गोष्ठीपत्र विशेषाङ्क लोकार्पण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस