एक सातामा सुनको मूल्य तोलामा ३०० ले बढ्यो, चाँदीको १० ले वृद्धि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एक सातामा सुनको मूल्य तोलामा ३०० ले बढ्यो, चाँदीको १० ले वृद्धि


३० मंसिर २०८०, शनिबार


सुन

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घले गत साताको शुक्रवारको तुलनामा यो साता ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार सम्ममा प्रतितोला १ लाख १९ हजार १०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यो साताको आइतबार सुनको मूल्य घटेर कारोबारमा आएको थियो । यस्तै, सोमबार, मङ्गलवार र बुधवार समेत घटेर कारोबार भएको सुनको भाउ बुधवार र बिहीबार बढ्दा समग्रमा ३०० रुपैयाँको वृद्धि भएको हो ।

यस्तै, महासङ्घले यो साता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा तोलामा १४ सय ७० रुपैयाँ कायम भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस