प्रिमियर लिगमा टोटनह्याम विजयी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रिमियर लिगमा टोटनह्याम विजयी


३० मंसिर २०८०, शनिबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा टोटनह्यामले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जितपछि टोटनह्याम ३३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहँदा नटिङघम भने १४ अंकका साथ तालिकाको १६ औं स्थानमा छ ।

टोटनह्यामलाई जित दिलाउँदा रिचार्लिसन र डेजन कुलसेभस्कीले एक एक गोल गरेका थिए ।
पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनह्यमलाई सुरुआती अग्रता दिलाए ।

६५ औं मिनेटमा कुलसेभस्कीले गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि टोटनह्याम २-० को जित निकाल्दै स्पष्ट ३ अंक लिन सफल भयो ।

प्रिमियर लिग अन्तर्गत शनिबार आज ५ वटा खेल हुने छन् । राति पौने ९ बजे ४ खेल हुँदा सवा ११ बजे एक खेल हुने छ ।

बर्नमाउथ र लुटन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र फुलह्याम पौने ९ बजे आमने सामने हुने छन् ।

त्यसैगरी सवा ११ बजेको खेलमा बर्नले र एभर्टनले प्रतिस्पर्धा गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस