एनएसएल : आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एनएसएल : आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्दै


३० मंसिर २०८०, शनिबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो एक बजे वीरगञ्ज युनाइटेड र पोखरा थन्डर्स तथा बेलुका पाँच बजे एफसी चितवन र इलाम स्पोर्टिङबीच खेल हुनेछ ।

पोखरा ५ खेलमा ८ अङ्ककासाथ तालिकाको चौथो तथा वीरगञ्ज समान खेलमा ५ अंककासाथ आठौँ स्थानमा छ । त्यस्तै, चितवन ६ खेलमा ५ अंककासाथ तालिकाको सातौँ स्थानमा र इलाम समान खेलमा ४ अंककासाथ पुछारमा छ ।

आजका दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् । हिजो भएको खेलमा ललितपुर एफसी र झापा फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुर १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा यथावत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस