सम्पत्ति फुकुवा गरिदिन प्राधिकरणलाई स्मार्ट टेलिकमको पत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सम्पत्ति फुकुवा गरिदिन प्राधिकरणलाई स्मार्ट टेलिकमको पत्र


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । स्मार्ट टेलिकमले आफ्नो सम्पत्ति बिक्री गर्न वा फुकुवा गरिदिन माग गर्दै पत्र पठाएको छ ।

बक्यौता तिर्न नसकेपछि खारेज भएको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै सम्पत्ति लिलाम बिक्री नगर्ने भए फुकुवा गर्न माग गरेको हो ।

स्मार्ट टेलिकमले कानुनबमोजिम थप प्रक्रिया अघि बढाउन माग गर्दै पत्र पठाएको बताइएको छ ।

प्राधिकरणको अक्षमता र अकर्मण्यताको परिणाम कम्पनी वा कम्पनीका सञ्चालकले भोग्ने अवस्था नहुने दाबी स्मार्ट टेलिकमले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस