सर्वोत्कृष्ट संघीय संसद सेवा पुरस्कारबाट उपसचिव सिग्देल पुरस्कृत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोत्कृष्ट संघीय संसद सेवा पुरस्कारबाट उपसचिव सिग्देल पुरस्कृत


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सर्वोत्कृष्ट संघीय संसद सेवा पुरस्कारबाट उपसचिव गोपाल सिग्देल पुरस्कृत भएका छन्।

१७ औ संघीय संसद सेवा दिवसको अवसरमा सिग्देल पुरस्कृत भएका हुन् । १ लाख रुपैयाँ राशीको यो पुरस्कार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उपसचिव सिग्देललाई प्रदान गरेका हुन् ।

उत्कृष्ट संसद सेवा पुरस्कार शाखा अधिकृत जीवन निरौलाले प्राप्त गरेका छन् । यो पुरस्कारको राशि ७५ हजारको छ ।

५०-५० हजार रुपैयाँ राशिको संघीय संसद सेवा पुरस्कार नायब सुब्बा चन्द्रा पौडेल र सिनियर प्रेस टेक्निसियन प्रेमबहादुर चन्दले प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस