कमिसनमा परेर एनसेल कौडीको मोलमा नामसारी गरियो : ओली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कमिसनमा परेर एनसेल कौडीको मोलमा नामसारी गरियो : ओली


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल काण्ड सरकार र राजनीतिक संलग्नता भएको आरोप लगाएका छन्।

तेह्रथुमको वसन्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले ‘प्रचण्ड’ सरकार बनेपछि देशमा सुनदेखि एनसेलसम्मको काण्ड आएको बताए।

उनले भने, एनसेल काण्ड सरकारको र राजनीतिक संलग्नता छ। अब चार वर्षपछि एनसेल आफै नेपालको नाममा आउँदैछ। तर, सरकारले जालझेल गरेर अर्को कम्पनीमा कौडीको मोलमा नामसारी गरेर, कमिसन तन्त्रको जालोमा पारेर देशलाई खर्बौँको नोक्सानी पुर्‍याइएको छ। सरकार बोल्न सकेको छैन। यस्तो अवस्थाबाट देशलाई कसरी मुक्त गराउने भन्नेमा एमाले गम्भीर छ।

उनले पहिचानवादीलाई संकेत गर्दै संवैधानिक र संवादको बाटोबाट टुङ्ग्याउनुपर्ने कुरालाई पार्टी र व्यक्तिलाई केन्द्रित गर्न खोजेकोप्रति असन्तुष्टि जनाए। शान्तिपूर्ण ढङ्गले आफ्नो विचार राखेर संवैधानिक बाटोबाट समाधान गर्न आग्रह गरे। गलत बाटोबाट कोहीपनि सही ठाउँमा नपुग्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस