संघीय संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

संघीय संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ मुख्य समस्या भनेको शक्ति पृथकीकरणको सिद्धान्त मात्रै होइन, यसलाई अन्त्य गर्नका लागि, यसको गरिमालाई उच्च राख्नको लागि यसको प्रभावलाई प्रभावकारिताका साथ सम्पन्न गर्नको लागि, स्थायी रूपमा काम गरिरहेको सचिवालय जो संविधानको धारा १०७ ले व्यवस्था गरेको छ र तदनुकुलका कानूनहरु बनेको छन् ।’

उनले संसदको गरिमा कायम राख्दै संसदको भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । उनले संसदको सन्दर्भमा विगतमा भएका विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरूलाई आफूले गम्भीरताका साथ लिएको बताए ।

‘विश्वव्यापी रूपमै संसदको भूमिका के हुन्छ ? संसदको गरिमा कसरी राख्न सकिन्छ ? संसद्लाई कसरी प्रभावकारी पार्न सकिन्छ ? यसको विषयमा विगतका दिनहरूदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरू गर्नुपर्ने कुरालाई मैले पनि गम्भिरतासाथ लिएको छु ।’ उनले भने ।

सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस