१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असई थमन विक हत्या प्रकरणको सुनुवाइ आज, अन्तिम फैसला आउने सम्भावना

अ+ अ-

काठमाडौँ । मधेश आन्दोलनको क्रममा महोत्तरीमा भएको सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीको आज अन्तिम फैसला आउने सम्भावना छ ।

२५ भदौ २०७२ मा भएको असई विक हत्या प्रकरणमा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोसहित २८ जनाविरुद्ध २०७५ साल साउन २८ गते कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालत महोत्तरीको न्यायाधीश उद्धव प्रसाद भट्टराईको दुई नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुँदै छ । बहस अन्तिम चरणमा रहेकाले आजै मुद्दाको अन्तिम फैसला आउने सम्भावना रहेको जिल्ला अदालत महोत्तरीले जनाएको छ ।

सो मुद्दामा तीनजना पुर्पक्षका लागि थुनामा छन् भने चारजना तारेखमा रिहा भएका छन् । दुईजना तारेख गुजारेर बसेका छन् । एमालेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो र मोहन ठाकुर तारिख गुजारेर बसेका छन् । उनीहरूसहित १९ जना फरार छन् ।

जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी झाले दिएको जानकारी अनुसार सो मुद्दामा सन्दीप साह माझी, सन्जय कुमार साह र पवन कापर पुर्पक्षका लागि थुनामा छन् । त्यस्तै लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका छन् ।

यो मुद्दाका अभियोगीहरू रमेश प्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् ।

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौँडाबाट राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस