काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ ।
काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरूको अनुगमन सुरु गरेको हो ।
महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार बिहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा, जडीबुटी र कोटेश्वर क्षेत्रबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीले जनाएको छ ।
महानगर प्रहरीले अनुगमनका लागि १०/१० जनाको पाँच टोली परिचालन गरेको छ । त्यस्तै सादा पोसाकमा पनि प्रहरी परिचालन गरेको छ ।