फेरि उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

फेरि उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


२८ मंसिर २०८०, बिहिबार


सुन

काठमाडौँ । सुनको भाउ आज एकै दिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ  । यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सय रुपैयाँले धेरै हो ।

यसअघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातारजसो घटेको भाउ आज फेरि एकै पटक दुई हजार ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस